प्रेस काउन्सिल नेपालद्धारा पत्रकार ऋषि धमलालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार ११:२०

काठमाडौँ।प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री देउवा भारत भ्रमण सकेर स्वदेश फर्कने क्रममा विमानभित्रै अनुमतिविना र विमानका कर्मचारीले दृष्य खिच्न तथा प्रधानमन्त्रीलाई भेट्न मिल्दैन भन्दा भन्दै पनि धमलाले जबरजस्ती दृश्य खिचेर सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ । यसअघि नेपाल बार एसोसिएशनको आन्तरिक बैठकमा पनि धमला जबरजस्ती प्रवेश गरेको विषय पनि काउन्सिलले ‘नोटिस’ गरिरहेको जनाएको छ ।

पत्रकार तथा सञ्चारमाध्यमले सूचना सङ्कलन, सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्न विषय स्मरण गराउँदै काउन्सिलले भनेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायु सेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलपूर्वक निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितकाे प्रत्यक्ष प्रसारण के–कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक/पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादीले स्थानीय संगठनलाई दियो यस्तो जिम्मेवारी

२२ चैत्र २०७८, मंगलवार ११:२०
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय संगठनलाई जिम्मेवारी दिएको छ। निर्वाचनमा नगर, वडा, गाउँलगायत विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले आफ्ना पक्षका उम्मेदवारलाई विजय गराउन मतदातालाई आवश्यक सूचना शिक्षा तथा घोषणापत्रसम्बन्धी सन्देशलाई उपलब्ध गराउन संगठनले भूमिका […]