एमाले महाधिवेशन : कति बजेदेखि सुरु हुँदैछ मतदान ?

कर्णाली अनलाइन १३ मंसिर २०७८, सोमबार १०:४६

काठमाडौं। नेकपा एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ। मतदानको कार्यक्रम निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार पुनः पछि धकेलिएको हो।

निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो।अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैनन्। अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचन समितिका अनुसार आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीका पाँच जना एसएसपीको सरुवा

१३ मंसिर २०७८, सोमबार १०:४६
काठमाडौं।गृह मन्त्रालयले सोमबार पाँच जना वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपीको सरुवा गरेको छ।यसअघि काज सरुवा भएकासमेतलाई नियमित सरुवामार्फत औपचारिकता दिइएको छ। काज सरुवाका लागि पत्र पठाइएको भनिएका काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको नाम नियमित सरुवामा समावेश छैन।यसको मतलब काठमाडौं प्रहरी प्रमुखमा सिंह यथावत रहेका छन्। काठमाडौं प्रहरी प्रमुखमा सिंहको एक वर्ष कार्यकाल […]