वार्षिकोत्सवमा एनएमवि लघुवित्तद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कर्णाली अनलाइन १ चैत्र २०८२, आईतवार १९:५६


सुर्खेत।एनएमबि लघुवित्त वित्तीय संस्था १३ औं वर्ष पार गरेर १४ औं वर्षमा प्रवेश गरेको छ । विसं २०६९ चैत्र १ गतेबाट आफ्नो कारोबारको थालनी गरेको संस्थाले १३ औं वार्षिकोत्सव मनाएको हो ।यस उपलक्ष्यमा लघुवित्तले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।जिल्लाको चौरजहारी नगरपालिकको वडा नं–११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई एनएमबी लघुबित्त बित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय पोखरा –८ न्युरोड , कास्की द्रारा प्रादेशिक कार्यालय कर्णाली मार्फत शैक्षिक सामाग्री वितरण गरिएको छ। संस्थाको कर्णाली प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तरगर्त चौरजहारी नगरपालिकको वडा नं–११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार २० जना छात्र,छात्रालाई झोला,कापी ,ड्टपेन र पेन्सिल वितरण गरेको छ ।

वित्तिय संस्थाको प्रादेशिक कार्यालयद्धारा आयोजित एक कार्यक्रमका विच क्षेत्रिय प्रवन्धक वेग बहादुर वलीले विद्याथीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने उद्देश्यले शैक्षिक सामाग्री विवरण गरिएको संस्थाका कर्णाली प्रादेशिक कार्यालयका क्षेत्रिय प्रवन्धक वेग बहादुर वलीले जानकारी दिए। ‘गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताव बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो ।त्यो बाध्यता यस विद्यालयका विद्यार्थीलाई टरेको छ। अव यी बालबालिकाको पठनपाठन सहज हुने विश्वास छ क्षेत्रिय प्रवन्धक वलीले भने ।’

सोही अवसरमा चौरजहारी नगरपालिका वडा न ११ का वडा अध्यक्ष श्री तुल्से ओलीले ‘हातमा कपि किताब बोकेर आएका विद्यार्थीहरु झोलामा राखेर घर फर्किएपछि आफुलाई खुशीको अनुभुती भएको बता्ए ।हाल सामुदायिक विद्यालयहरु प्रति घट्दै गएको अभिभावकहरुको रुचिलाई पनि यस किसिमको सहयोगबाट विद्यार्थीहरु लाभान्वित हुदा अभिभावक वर्गको पनि सामुदायिक विद्यालय प्रति आर्कषण बढ्ने जिकिर गर्नुभयो ।’

‘शैक्षिक साम्रागी पाएपछि विद्यार्थीहरुको पठनपाठन तर्फ थप आकर्षित हुने विद्यालयका प्रधानाध्यापक भिम बहादुर वलीको विश्वास छ । उहाँले संस्थाको वार्षिक उत्सवको शुभकामना व्यक्त गदै उक्त सहयोगका लागि वित्तिय संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो ।’शैक्षिक साम्रागी विवरण कार्यक्रममा विद्यालयका शिक्षक ,शिक्षिका,अभिभावकहरुको समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा संस्थाका खोलागाँउ शाखाका शाखा प्रमुख श्री दान बहादुर खत्री ,चौरजहारी शाखाका शाखा प्रमुख श्री टिकाराम परियार खोलागाँउ शाखाका कर्मचारी श्री मनिसा के।सी र श्री होमराज बलामी मगर को उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री कार्कीले दिइन् जानेबेला बेथितिलाई निरन्तरता

१ चैत्र २०८२, आईतवार १९:५६
काठमाडौँ । जेनजी आन्दोलनको बलमा बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विगतका सरकारका विकृतिलाई निरन्तरता दिएको छ। विगतका सरकार र प्रधानमन्त्रीले आफू निकटलाई सार्वजनिक सम्पत्तिको दोहन हुने गरी भर्ती गरेको आरोप लाग्ने गरेकोमा कार्कीले पनि त्यस्ता विकृतिलाई अनुमोदन गरेकी हुन्। जेनजी आन्दोलनको मागअनुसार सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर सरकारको नेतृत्व […]

सम्बन्धित शीर्षक