काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा आज मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीकाअनुसार दुर्घटनामा तीन जनाको शव फेला परेको छ । हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएको जानकारी आएको उनले जानकारी दिइन् ।
पाइलटसहित ६ जना यात्रु रहेको हेलिकोप्टर विहान १० बजेदेखि सम्पर्कविहीन भएको एअरका प्रवक्ता राजु न्यौपानेले जानकारी दिए । मनाङको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।
उडेको १५ मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा रहेका पाँच जना नै यात्रु विदेशी हुन् ।