दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्‍घाटनगर्ने प्रधानमन्त्री देउवा चन्द्रगिरि

कर्णाली अनलाइन ९ चैत्र २०७८, बुधबार ११:००

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार उद्‍घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा बुधबार बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात व्यवस्था विभागले भन्याे– भाेलि बिहान ६ बजेसम्म सेवा बन्द

९ चैत्र २०७८, बुधबार ११:००
काठमाडौँ।सर्भरमा समस्या आएपछि यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा भोलि बिहीवार बिहान ६ बजेसम्मका लागि बन्द गरेको छ । विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा भाेलि बिहान ६ बजेसम्मका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने […]