मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने तयारी

कर्णाली अनलाइन १० कार्तिक २०७८, बुधबार ०५:४९

काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिने भएकी छन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने तयारी गरिएको छ। गत ४ गते टेबल गरिएको बिश्वासको मत सम्बन्धि प्रस्तावलाई आज टुंगो लगाउन लागिएको हो।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन्। बिपक्षी गठबन्धनमा भने माओबादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, र जनता समाजवादी पार्टीका १ सांसद छन्।

त्यसबाहेक बिबेकशिल साझाका ३, नेमकिपा र राप्रपाका २ जना सांसद छन्। बिपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायाधीशहरुको बहिष्कारपछि प्रधानन्यायाधीशको इजलास शुरु

१० कार्तिक २०७८, बुधबार ०५:४९
काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेकाे पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती […]