काठमाडौं। शिक्षक सेवा आयोगले विभिन्न विषयमा झण्डै २६ सय शिक्षक माग गरेको छ। बुधबार आयोगले विभिन्न कोटामार्फत् शिक्षक पदपुर्तीका लागि विज्ञापन खुला गरेको हो। जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ।
योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन्। सिंगल दस्तुरमा फारम भर्ने मिति माघ ६ गते सम्मको मात्रै रहेको छ। मागको किसिमममा खुला तथा समावेशी रहेको छ। आदिवासी जनजाति प्रमाणपत्र भएकाहरुले उक्त कोटाका लागि पन फारम भर्न सक्नेछन्।
विषयगत विज्ञापनमा सबैभन्दा बढी माग अङ्ग्रेजी विषयका लागि सबैभन्दा धेरै ६२४ शिक्षकको माग गरिएको छ। त्यस्तैगरी विज्ञान विषयका लागि ४३७ शिक्षकको माग गरिएको छ। त्यस्तै नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित-विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ। परीक्षाको समय आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने जनाइएको छ। परीक्षा सातै प्रदेशका एक एक जिल्लामा हुनेछन्।
परीक्षाको अवेदन शुल्क ७०० निर्धारण गरिएको छ। त्यस्तै प्रत्येक समावेशीका लागि थप ५०० लाग्नेछ। उम्मेदवारहरुले अनलाइनमार्फत् पनि फारम भर्न सक्ने छन्। जसका लागि आयोगको वेवसाइटमा गएर भर्न सकिने छ। माग ६ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले योग्यता पुगेका उम्मेदवारहरुलो फारम भर्न सक्नेछन्।