सुर्खेत विमानस्थलले चाँप नधान्ने अवस्था छ,–रक्षा मन्त्री खड्का

ठूलो विमानस्थलका लागि पहल गर्नुपर्छ

कर्णाली अनलाइन २७ आश्विन २०८०, शनिबार २१:३४

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता रहेको बताएका छन् । शनिबार सुर्खेत उधोग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गरे । उनले सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकासदेखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

उपप्रधानमन्त्री खड्काले राजनिति गर्नेहरुको कार्यक्षेत्र फरक भएपनी सबैको लक्ष विकास निमार्णका काममा केन्द्रीत रहेको उल्लेख गरे । उनले कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा जोड दिए । भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

यस्तै प्रतिनिधि सभाका सांसद अम्मर बहादुर थापाले हरेक वर्ष सरकारले कर्णाली प्रदेशलाई विशेष ध्यान दिएर नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । उने, विकासमा कृषिलाई प्रथामिकता नदिए देश नबन्ने समेत बताए । सासंद थापाले देशलाई १० वर्षमा विकास उन्मुख देश बनाउन सकिने समेत बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकालाई प्र्रदेश र संघ सरकारले सहयोग गरेकोमा धन्यवाद दिईन् । उनले उपप्रधानमन्त्री खड्काले यहाँ पुर्वाधार र विकासमा गरेको टेवालाई सम्मान गरेको उल्लेख गरीन ।

उधोग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले अहिले व्यापारीले अप्ठारो परिस्थिति भोग्नुपरेको बताए । उनले यो अस्थामा तिनै सरकारको सहयोग चाहीने बताए । उनले भने, तिनै सरकारको सहकार्य नहँुदा यो अबस्था आएको हो । यो अबस्थालाई चलायमान बनाउन सरकार अग्रसर हुनुपर्छ । शाहीले कर्णालीमा धेरै सम्भावना भएको बताए । यस्तै सुर्खेत उधोग बाणिज्य संघका अध्यक्षका लक्ष्मण कंडेलले अहिले व्यापारी आर्थिक मन्दीमा परेको बताउनु भएको छ । उनले व्यापारीका समस्या समाधान गर्ने सरकार समक्ष उपप्रधानमन्त्री खड्कालाई आग्रह गरे । उनले सरकारलाई व्यापारको पुर्ण सपोट समेत रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनाङ एयरका पाइलटको शरीर ५० प्रतिशत जल्यो, थप उपचारका लागि भारत लगिँदै

२७ आश्विन २०८०, शनिबार २१:३४
काठमाडौँ । आज भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ। सेढाईंको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो। अस्पतालका अनुसार आज राति विमानमार्फत […]