कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा सपथ ग्रहण

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०३:४७

सुर्खेत।कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सपथ ग्रहण गरेका हुन्।

सत्ता साझेदार दल नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा (एकीकृत समाजवादी) का तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। मंगलबार साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन्। सत्ता गठबन्धन दलमध्ये कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन्। प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इथोपिया सरकारद्वारा संकटकाल घोषणा

१७ कार्तिक २०७८, बुधबार ०३:४७
एजेन्सी। इथोपिया सरकारले ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ। राजधानी एडिस अबाबातर्फ टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) विद्रोहीले कब्जा गर्दै अघि बढेपछि संकटकाल लगाइएको हो। प्रधानमन्त्री अबी अहमदले जनतालाई टीपीएलएफविरुद्ध जनतालाई संघर्ष गर्न आग्रह गरेको दुई दिनपछि संकटकाल घोषणा गरिएको रोयटर्सले जनाएको छ।मंगलबार बिहानै अधिकारीहरूले राजधानीबासीलाई सशस्त्र प्रतिरोधका लागि […]

सम्बन्धित शीर्षक