चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा कमाउन सफल ग्लोबल आईएमई बैंक

कर्णाली अनलाइन ७ माघ २०७८, शुक्रबार ०९:४४

काठमाडौं । ग्लोबल आईएमई बैंक चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । बैंकले पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयँ नाफा गरेको हो जुन गत आवको यही अवधिभन्दा ३५ करोड रूपैयाँ बढी हो ।

बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ रूपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रूपैयाँ छ ।

बैंकको ईपीएस २२.३९ रूपैयाँ कायम भएको छ । यस्तै पीई रेसियो १४.५६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.९७ रूपैयाँ छ ।

बैंकले ४ अर्ब ७९ करोड रूपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्षको पुस मसान्तसम्म ४ अर्ब ७७ करोड रूपैयाँ थियो । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेको छ भने खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ । वित्तीय विवरणअनुसार कस्ट अफ फन्ड, बेस रेट, खराब कर्जा र ब्याजदर स्प्रेड क्रमशः ६.१६, ७.९९, १.१३ र ३.५२ प्रतिशत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

७ माघ २०७८, शुक्रबार ०९:४४
हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको  हो। अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]