‘पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयो’-मुख्यमन्त्री शाही

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार ०५:१६

सुर्खेत।प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए।

जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए।अहिले असन्तुलित बजेट आउने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘हिजोका दिनमा बजेट जथाभावी बाँडिएका कारण अहिले बजेटमा सन्तुलन मिलाउन नसकिने अवस्था छ ’

नीति तथा कार्यक्रममा भएका कुराहरु नै अको बजेटको मूल उदेश्य हुने उनले बताए।अब जुनसुकै कार्यक्रमको अनुसन्धान गरेर मात्र कामको थालनी गर्ने योजना रहेको शाहीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सानिमा बैंकले ल्यायो ग्रीन पिनकार्ड सुविधा

२८ जेष्ठ २०७९, शनिबार ०५:१६
काठमाडौँ। सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ग्रीन पिन सुविधा ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागज विहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिड(क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घण्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर […]