शैक्षिक प्रमाणपत्र नक्कली बनाउने नौ जना पक्राउ

कर्णाली अनलाइन ६ आश्विन २०७९, बिहीबार २२:०६

काठमाडौँ।प्रहरीले काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ। डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भइ दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भइ टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भइ बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।

यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्। उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो। उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए।

डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्टरनेट सेवा प्रदायकले आईपीटिभी र राउटर प्याकेजमा बिक्री गर्ने नपाउने

६ आश्विन २०७९, बिहीबार २२:०६
काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट, आईपीटिभी र राउटर एउटै प्याकेज बनाएर बिक्री गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्णय गरेको हो । हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत प्रदान गर्दै आइरहेका छन् । यसरी इन्टरनेट सेवा […]