पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी

कर्णाली अनलाइन ११ जेष्ठ २०७९, बुधबार ००:४३

कास्की।पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्।आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतको अन्तरले पराजित गरेका हुन्। खसेको एक लाख ४३ हजार २२६ मतमध्ये आचार्यले ५८ हजार ८९३ मत पाए। थापाले ५२ हजार ८४८ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले पाँच हजार ६७४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले तीन हजार ३० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी (अधिकारी) ले ३३८ मत पाए।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भइन्। उनलेगठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई तीन हजार ८८३ मतान्तरले पराजित गरिन्। गुरुङको  ६० हजार ५४६ मत आउँदा रानाभाटको पक्षमा ५६ हजार ६६३ मत पर्‍यो। यस्तै राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९ र विवेकशील साझाका माधव भण्डारीले २६४ मत प्राप्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

११ जेष्ठ २०७९, बुधबार ००:४३
काठमाडौँ।नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ ।पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । प्रस्तरको […]