सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजदेखी प्रदेश अधिवेशन शुरु भएको छ । प्रादेशीक रुपान्तरण भएपछि पहिलो पटक काँग्रेसको प्रदेश अधिवेशनको आज सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् ।
प्रदेश सभापतिमा संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्षबाट उम्मेद्वारी पर्ने भएको छ । संस्थापन पक्षलाई उम्मेद्वार टुंग्याउन सकस भइरहेको बेला पौडेल पक्षले भने भुपेन्द्रजंग शाहीलाई प्रदेश सभापतिमा उठाउने निर्णय गरेको छ । पौडेल समूहबाट शाही र दिपकजंग शाहको नाम चर्चामा रहेको थियो । तर अन्तत पौडेल पक्षले शाहीलाई प्रदेश सभापतिको उम्मेद्वार बनाएको छ । शाही तरुण दलको महामन्त्री र नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका छन् । शाही कालिकोटका हुन् ।
यता, संस्थापन पक्षबाट भने तीन जनाको नाम चर्चामा रहेपनि उम्मेद्वारीको टुंगो लगाउन सकेको छैन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । संस्थापन पक्षका एक नेताकाअनुसार आज साँझसम्म उम्मेद्वारीको टुंगो लाग्ने बताए । १० जिल्ला रहेको कर्णालीमा संस्थापन पक्षले डोल्पा, हुम्ला, जुम्ला, मुगु, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिम गरी आठ जिल्ला सभापति जितेको छ । पौडेल पक्षले भने दैलेख र कालिकोटमा सभापति जितेको छ । कर्णाली झण्डै सात सय मतदाता रहेका छन् ।@nepaliraibr

