बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कर्णाली अनलाइन २३ जेष्ठ २०७९, सोमबार ०६:५८

नेपालगन्ज।बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन छ भनेर भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ ।

प्रहरीले अभियुक्तहरु हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाँउबाट पक्राउ गरेको छ ।घटना २१ गते राती र २२ गते बिहानको हो । २२ गते सांझ ४ बजे किशोरीलाई घर पुर्याउन जादा एउटै मोटरसाइकलमा ३ जना सवार थिए । प्रहरीले खजुरामा चेकजांच गर्दा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

२३ जेष्ठ २०७९, सोमबार ०६:५८
काठमाडौँ।संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ।प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन्। हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्।जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण […]