काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । सफ्टवेयरमार्फत एक अर्को मन्त्रालयमा पत्राचार र कागजात आदानप्रदान समेत गर्न मिल्नेगरी प्रणाली विकास गर्न खोजिएको हो ।
सरकारको आगामी आर्थिक वर्षा ०७९/०८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसबाट कागजको प्रयोग घटने भएको विश्वास गरिन् । यो प्रणालीले सरकारी कामकाज र अरु प्रक्रियालाई चुस्त बनाउनेछ ।
अहिले कतिपय मन्त्रालयले आफ्नो कार्यप्रकृति अनुसार छुट्टाछुट्टै प्रणाली सञ्चालन गरेका छन् । ती प्रणाली कायम राखी अहिले सरकारले थप अर्को एकीकृत प्रणाली लागू गर्न खोजेको हो ।