दैलेख । जिल्लाको महाबु गाउँपालिकामा जीप दुर्घटना भएको छ । सदरमुकामबाट महावु गाउँपालिकाकाे काँशीकाध जाँदै गरेकाे वाग्मती प्रदेश ०१-०२६ च ५२६४ नम्बरकाे बाेलेराे जीप फागुमा दुर्घटना भएको हाे ।
दुर्घटनामा महावु गाउँपालिका-४ फागुका ४० वर्षीय रामबहादुर हमालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । हमाल महाबु गाँउपालिका ५ गडिगाउँमा रहेकाे शिव आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । उनकाअनुसार दुर्घटनामा चालकसहित ६ जना घाइते छन् ।
घाईतेहरूकाे स्थानीय मेडिकलमा सामान्य उपचारपछि जिल्ला अस्पताल रिफर गरिएको प्रमुख शाहकाे भनाइ छ । जीप अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल खसेकाे छ ।

