दाङमा गोली लागेर एकको मृत्यु, दुई नाबालकसहित ८ जना पक्राउ

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०२:४८

दाङ।दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको बंगलाचुली गाउँपालिका–८ रानीखुट्टीको जंगलमा शुक्रबार दिउँसो करिब १२ सिकार खेल्न गएको क्रममा आफैले बोकेको बन्दुक आफ्नै निधारछेउको भागमा पट्किँदा उनको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा लमही–१ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्तीमरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए।‘सिकर खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पट्किएको बुझिएको छ। गोली लागेर एक जनाको मृत्यु भयो’ उनले भने,‘घटनाको अनुसन्धान थालेका छौँ। सिकार खेल्न गएका सबैलाई नियन्त्रणमा लिएका छौँ।’

प्रहरी घटनास्थलमा अपराह्न पुगेको थियो। सिकार खेल्न चार नाल भरुवा बन्दुकसहित पुगेका थिए।जसमध्ये एक जनाको मृत्यु भयो भने बाँकी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई जना नाबालक छन्।

प्रहरीले लमही–१ वसन्तपुर निवासी ४० वर्षीय जीवलाल घर्तीमगर, सोही ठाउँका ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, २८ वर्षीय मृतकका दाइ मिनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधि सभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

१४ जेष्ठ २०७९, शनिबार ०२:४८
काठमाडौँ ।प्रतिनिधि सभा बैठक आज (शनिबार) बस्दै छ।बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो।सो बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले […]

सम्बन्धित शीर्षक