गृहमन्त्री छामिछानेको निर्देशन- अपराधीलाई ऐन हेरेर कारबाही चलाउनू, निर्देशन नकुर्नू

कर्णाली अनलाइन २९ फाल्गुन २०८०, मंगलवार १०:४१

काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानूनी काम अर्थात् अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन्।

उनले जयनेपाल कुनै पार्टीको नभएर देशको भएको भन्दै प्रहरीले आफूलाई सलाम गर्ने होइन आफूले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले सबै प्रहरीलाई यस्तो निर्देशन गरेका हुन् ।

गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईँले मलाई होइन, मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस्। मेरो शुभकामना छ। जय नेपाल ९पार्टीवाला होइन, देशवाला।’
गृहमन्त्री लामिछानेले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै भनेका छन् ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानूनी काम गरेको छ, गैरकानूनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

२९ फाल्गुन २०८०, मंगलवार १०:४१
सुर्खेत। वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।बुधबार बारा घर भई हाल वीरेन्द्रनगर–९, लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसी […]