रुसद्वारा युक्रेन युद्धमा खटिएका सैन्य कमान्डर हेरफेर

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार १०:३४

एजेन्सी।रुसले युक्रेन युद्धको जिम्मेवारीमा रहेका आफ्ना सैनिकको नेतृत्व परिवर्तन गरेको पश्चिमा अधिकारीले बताएका छन्। रुसले युक्रेन आक्रमणको नेतृत्व गरिरहेका सैनिकहरुको जिम्मेवारी हेरफेर गरेको पश्चिमा अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

रुसले सिरिया युद्धमा लामो अनुभव लिएका जनरललाई युक्रेन युद्धमा रहेका आफ्ना सैनिकको कमाण्डरको ठाउँमा पठाएको अधिकारीले बताएका हुन्।नाम उल्लेख नगर्ने शर्तमा बिबिसीका गोर्डन कोरेरासँग कुराकानी गर्दै स्रोतले रुसको दक्षिणी सैन्य डिस्ट्रिक्टका जनरल एलेक्सान्डर डिभोर्निकोभलाई युक्रेन युद्धको नेतृत्व दिएको बताएको हो।

‘यी कमाण्डरले सिरिया युद्धमा रुसी अभियानको लामो अनुभव संगालेका छन्, सोही कारण यिनको नेतृत्वमा युक्रेनमा रुसी सैनिकको व्यवस्थापन र कमाण्डरप्रतिको बफादारिता सुधार हुने सक्नेछ’, उनले भने।

युक्रेनमा रहेका रुसी सैनिकबीच सहकार्य र उत्साहको कमी देखिएको भन्ने खबर आइरहेका बेला त्यसलाई सुधार गर्न रुसले सैन्य नेतृत्व परिवर्तन गरेको हो।

रुसले युक्रेनमा आक्रमण थालेको ४५ दिन भइसकेको छ। तर उसले सुरुमा लक्ष्य गरेअनुसार राजधानी किएभसहितका प्रमुख सहर कब्जा गर्न सकेको छैन। अहिले रुसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित गरेको छ।

तुलनात्मक रुपमा आकारमा सानो र सैन्य क्षमताका हिसाबले पनि कमजोर मानिएको युक्रेनी सैनिकले भने गएको फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गरेदेखि नै प्रभावकारी रक्षात्मक प्रदर्शन गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

२६ चैत्र २०७८, शनिबार १०:३४
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका […]