वर्षा र हिमपातका कारण कर्णाली राजमार्ग सगैँ कर्णाली करिडोर अवरुद्ध

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०६:०४

सुरता बोहरा

कालिकोट।वर्षाका कारण कर्णाली राजमार्ग सगैँ कर्णाली करिडोर अवरुद्ध भएको छ। कर्णाली राजमार्ग अन्र्तगतको कालिकोट खण्ड अन्तर्गत खाँडाचक्र नगरपालिमा–२ हुल्म प्रहरी चौकीबाट लगभग ३०० मिटर दक्षिण छहरामा माथिबाट आएको ढुङ्गा र माटोसहितको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको हो।उक्त पहिरोलाई हाल पन्छाएर सामान्य सवारी आवतजावत गर्ने बनाए पनि सवारी साधन आवतजावतमा कठिनाई भईरहेको हुल्म प्रहरी चौकीले जानकारी दिएको छ।

यस्तै भारी वर्षाका कारण विहिवार देखी कर्णाली करिडोरमा पनि सवारी आवतजावतमा अवरुद्ध भएको छ। सदैव हिलाम्मे हुने कर्णाली करिडोर विहिबार बेलुका देखीको भारी वर्षाले पुर्णरुपमा ठप्प जस्तै रहेको छ।

हिमपातका कारण मुगु छायाँनाथ रारा नगरपालिका वडा–६ र ७ मा पर्ने जुम्ला–मुगु सडक खण्ड अवरुद्ध बनेको छ । नगरपालिकाको पिना सातमोड एरियामा २ फिट हिउँ परी बाटो अवरोध भएको प्रहरीको भनाई छ। बाटो खुलाउनका लागि चारजना प्रहरीको टोली खटाइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर सुर्खेतमा एक महिलाको मृत्यु

२१ माघ २०७८, शुक्रबार ०६:०४
सुर्खेत।भेरीगंगा नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।