कालिकोट।कालिकोटमा म्यादी प्रहरीका लागि १ हजार ३४२ जनाले आवेदन दिएका छन ।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक शिदराज न्यौपानेले म्यादी प्रहरीका लागि १ हजार ३४२ जनाले आवेदन दिएको जानकारी दिए।म्यादी प्रहरी हुन गृहिनीदेखि स्नातकसम्म पढेकाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा तँछाडमछाड गरेर उनीहरुले फारम भरेका छन्।कालिकोटमामा ८०४जनाको कोटा निर्धारण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक न्यौपानेले भने ‘‘चैत ६ गते खुल्ला भएको आवेदन चैत्र ११ गते बन्द गरिएको थियो। उक्त समयमा आवेदन दिएका उम्मेदारले स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरस्ती परिक्षा चैत्र १५ गतेदेखि छनोट प्रक्रिया सुरु हुने हुदाँ पालोमा परेका सम्पुर्ण उम्मेदवारहरुले कार्यालयबाट उपलव्ध गराईएको प्रवेश पत्र नागरिकताको प्रमाणपत्र समेत साथमा लिई आउन समेत जानकारी दिए ।
बेरोजगारी समस्याले गर्दा ठूलो संख्याले करिब दुई महिनाको जागिर खान तँछाडमछाड गरेका छन्। कतिपय प्रहरीमा जागिर खान सकिएन, केही दिनका लागि म्यादी भए पनि प्रहरी होऔँ भन्ने सोचेर आउनेहरु पनि उत्तिकै छन्।