मुक्तक १
विकासको पालुवा पलाउने घरमै बेडाहरु छन
शान्तिको शितलता दिलाउने बरमै भेडाहरु छन
व्याक्ति भन्दा पार्टीलाई हेरेर देश जिम्मा लाउन्छौ,
घाम पानी छल्ने छानोको खरमै भेडाहरु छन।
मुक्तक २
कतै तुईन कतै झलुङगे पुल काटिन्छ यहाँ
मान्छे बाट मान्छेलाई तडपाई मारिन्छ यहाँ
कस्तो बिडम्बना मेरो न्याय नभएको देशमा,
निर्दोष लाई फसाईन्छ दोशिलाई टारिन्छ यहाँ ।
मुक्तक ३
भएन एकरुपता भएन सहमत विवाद छ
एक पटक मात्र हरबखत विवाद छ
निष्पक्ष न्याय पाउन्छु भनि के विस्वस्थ हुनु,
न्याय दिने यो न्यायलय अदालत विवाद छ।
मुक्तक ४
कति दुख अनि, गाली खाएर रमाउन सक्नु पर्छ
ती किताब अनि,कलम समाएर रमाउन सक्नु पर्छ
हुनत के थाहा ती अमान्छेहरुलाई गरिबका पिडाहरु
मिडा मुक्तक अनि, गजल लेएर रमाउन सक्नु पर्छ।
दिनेश फर्साल(साहित्य)
रास्कोट नगरपालिका वडा न-६ बड्डाला, कालिकोट
हाल:- काठमाडौं

