नेपाल र भारतबीच द्वीपक्षीय वार्ता सुरु

कर्णाली अनलाइन १९ चैत्र २०७८, शनिबार ०७:२९

नयाँ दिल्ली।नेपालर भारतबीच द्वीपक्षीय वार्ता सुरु भएको छ। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्ता सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेतृत्व गरेका छन्।
बैठकमा नेपाल भारत सम्बन्धलगायत विभिन्न विषयमा सम्झौता हुने बताइएको छ। हैदराबाद हाउसमा केही समयपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना हुँदैछ।

वार्तापश्चात प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्दैछन्। दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर नेपाल रेल्वेको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको रुपमा टिप्पणी गरेका छन्। उनले दुई प्रधानमन्त्रीबीच विभिन्न विषयवस्तुमा बृहत्तर छलफल भएको बताएका छन्। प्रधानमन्त्री देउवा र मोदीबीचको भेटले दुई मुलुकको सम्बन्धले नयाँ उचाईं प्राप्त गरेको विस्वास भारतीय विदेश मन्त्रालयले व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बार एसोसियनको मतदान सुरु

१९ चैत्र २०७८, शनिबार ०७:२९
काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। देशभरका ३५ स्थानबाट हुन लागेको मतदान अपराह्न ४ बजे सम्पन्न हुने बताइएको छ। प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह र […]