परीक्षा हलभित्र विद्यार्थीकाे तस्बिर र भिडियाे खिच्न राेक

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ००:४२

काठमाण्डाै।सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न रोक लगाएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो ।

यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा परीक्षा हलमा प्रवेश नगराउन पनि भनिएको छ ।

 

अन्तिम अपडेट: बैशाख १५, २०७९


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हप्तामा दुई दिन बिदा दिने निर्णय सच्याउन प्रशासकले नै गरे माग

१५ बैशाख २०७९, बिहीबार ००:४२
सुर्खेत।बुधबार सरकारले दुई दिन (शनिवार र आइतवार) सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्याउनुपर्ने माग प्रशासकसले गरेका छन । सरकारको यस्तो निर्णयले दुरदराजमा रहेका सर्वसाधारण सेवाग्राहीलाई झनै मर्कामा पर्ने सक्ने विश्लेषण प्रशासकको छ । प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र […]