हप्तामा दुई दिन बिदा दिने निर्णय सच्याउन प्रशासकले नै गरे माग

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ०१:२१

सुर्खेत।बुधबार सरकारले दुई दिन (शनिवार र आइतवार) सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्याउनुपर्ने माग प्रशासकसले गरेका छन । सरकारको यस्तो निर्णयले दुरदराजमा रहेका सर्वसाधारण सेवाग्राहीलाई झनै मर्कामा पर्ने सक्ने विश्लेषण प्रशासकको छ ।

प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघिय शासन प्रणालीमा पर्न सक्ने टिप्पणी गरेका छन।सरकारले आगामी जेठ १ देखी लागुहुने गरि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि त्यसको सर्वत्र विरोध र आलोचना समेत भएको छ।

सरकाको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने विरोध भएको हो ।प्रशासन क्षेत्रका जानकार भन्छन, बिना अध्ययन दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने र हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन सक्ने उनिहरुको दावि छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटनमन्त्री आलेसहित २६० यात्रु बोकेर बाइडबडी जहाज आज गौतमबुद्ध विमानस्थल जाने

१५ बैशाख २०७९, बिहीबार ०१:२१
काठमाडौं ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ। यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो। आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट आज दिउँसो ३ बजे भैरहवाका लागि […]