पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ सुवेदीको निधन

कर्णाली अनलाइन १८ माघ २०७८, मंगलवार ०५:०९

काठमाडौं। पूर्वमन्त्री एवं रोल्पाका राजनीतिज्ञ रेगबहादुर सुवेदीको निधन भएको छ। सुनिल स्मृति गाउँपालिका-६ गजुलमा ८२ वर्यीय सुवेदीको आज बिहान उनकै निवासमा निधन भएको गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिए।

रोल्पाबाट पटक पटक राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका सुवेदी सहायक मन्त्रीसम्म भएका थिए।  लामो समय जिल्ला पञ्चायत सभापति भएका सुवेदीले २०३४ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए।

उनी २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला भूमिसुधार सहायक मन्त्री बनेका थिए भने २०४३ सालमा मध्य क्षेत्र भूमिसम्बन्धी उच्चस्तरीय आयोगको अध्यक्ष भए।

सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले उनलाई तीन महिना अपहरण गरेका थियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि राप्रपामा सक्रिय रहेका सुवेदी पछिल्लो समय नेपाली कांग्रेसका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

१८ माघ २०७८, मंगलवार ०५:०९
तनहुँ  ।  तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडक खण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय […]