चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिए

कर्णाली अनलाइन १ चैत्र २०७८, मंगलवार ०६:४५

चीनमा दुई वर्षयताकै सबैभन्दा धेरैको सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएका र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ।

साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ । चीनमा पहिलो पटक सन् २०१९ को डिसेम्बरमा कोरोनाको भाइरस देखिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झापामा बसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गयो

१ चैत्र २०७८, मंगलवार ०६:४५
काठमाण्डौं । झापाको कमल गाउँपालिका- ५ सीतापुरीमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टाेलका ३९ वर्षीय कमल राईको ज्यान गएको हो । प्रहरीले बस चालक रुपन्देही बुटवल नगरपालिका-९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई पक्राउ गरेकाे छ । इलाका […]