युक्रेन युद्ध: उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ०४:४८

एजेन्सी।रुसी सेनाले युक्रेनकाे उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्। उसले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ।‘रुसी सेनाले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ।

रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ।सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन्। हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ।

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सान नजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्ति सैनिकका रूपमा कंगाेमा खटिएका सुर्खेतका गुरुङकाे विद्रोहीको आक्रमणबाट मृत्यु

२४ चैत्र २०७८, बिहीबार ०४:४८
सुर्खेत ।अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट नगरपालिका(१४ का सिपाही अनिल गुरूङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको […]

सम्बन्धित शीर्षक