वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

कर्णाली अनलाइन १३ फाल्गुन २०७८, शुक्रबार ०९:०४

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् ।

सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । नि:शुल्क पीसीआर गर्न वैदेशिक राेजगारीमा जान लागेकाे भन्ने जनाउने कागजात चाहिनेछ ।  सरकारले पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ तोेकेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज मिसाइल आक्रमण हुनसक्ने आशङ्का युक्रेनको राजधानी किएभमा

१३ फाल्गुन २०७८, शुक्रबार ०९:०४
रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ । रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ । पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी […]

सम्बन्धित शीर्षक