पीएनजीसँग नेपालकाे सम्मानजनक हार, राेहित पाैडेलकाे ‘रेकर्ड नै रेकर्ड’

कर्णाली अनलाइन ११ चैत्र २०७८, शुक्रबार १२:१०

काठमाडौँ।पपुवा न्युगिनी (पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले सम्मानजनक हार बेहोरेको छ ।त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि युवा ब्याटर रोहित पौडेलले शतकीय पारी खेले । उनले एक सय सात बलमा एक सय २६ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

आजको खेलमा रोहित पौडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

आजको खेलमा पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय चार रनको शतकीय साझेदारी गरे । यो एकदिवसीयमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यस्तै आज नै रोहित पाँच सय रन पूरा गर्ने पहिलो नेपाली ब्याटर र एकै पारीमा नेपालबाट सर्वाधिक ९एक सय २६० रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकाेटमा भिरबाट खसेकाे ढुंगा लागेर बस चालककाे मृत्यु

११ चैत्र २०७८, शुक्रबार १२:१०
कालिकाेट।भिरबाट खसेकाे ढुंगा लागेर कालिकाेटमा एकजनाकाे मृत्यु भएकाे छ। शुक्रबार अन्दाजी पाैने दुइ बजेको समयमा खाँडाचक्र नगरपालिका २ छहरा बजार स्थित एक होटलमा बसिरहेको अवस्थामा एक्कासी भिरबाट ढुंगा खस्दा बस चालक ओविराम थापालाई टाउकोमा लागेकाे थियाे । टाउकोमा चोट लागि गम्भिर घाईते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मान्ममा लगिएकाे […]