काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फ उडेको जहाजको इञ्जिन आकाशमै फेल भएको छ।
उडेको केही बेरमै इञ्जिन फेल भएपछि जहाजलाई विमानस्थलमै आकस्मिक अवतरण गर्न लागिएको विमानस्थलका अधिकारीहरुले बताएका छन्।
विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको पनि विमानस्थलले जानकारी दिएको छ।