काठमाडौँ। साताको पहिलो दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी सहासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।
यस अघि गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोवार भएको थियो।आइतबार तजास्वी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ।चाँदीको भाउ १० रुपैयाँले बढेको छ ।शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।