सुर्खेत ।कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने ‘पूर्णिमा’ निर्वाचित भएकी छन् । बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । उनलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको पक्षमा २४ मत आएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन् । उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ ।
उनी वाईसिएल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी महिला नेतृ हुन् । कालिकोटमा माओवादीभित्र सम्भावना बोकेकी महिला नेतृमा पर्ने उनी माओवादीको कालिकोट सह–इञ्चार्ज समेत हुन् । उनी माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धमा समेत सहभागी भएकी थिइन् । उपसभामुखका लागि न्यौपानको प्रस्तावकको रुपमा माओवादीका कृष्ण जिसी र एमालेका विनोदकुमार शाह समर्थक रहेका थिए ।