नेपालको जनसंख्या २ करोड ९१ लाख

कर्णाली अनलाइन १२ माघ २०७८, बुधबार ०५:२२

काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।

आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धरानमा एकजना युवाको कोरोना संक्रमणबाट निधन

१२ माघ २०७८, बुधबार ०५:२२
काठमाडौं । धरानमा एकजना युवाको कोरोना संक्रमणबाट निधन भएको छ। धरान १४ का का २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गएराति निधन भएको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ। उनी दिर्घ रोगी रहेको र खोप नलगाएको अस्पतालले जनाकारी दिएको छ।