निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ११:३३

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनबाट अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख नाम पारित भएको छ।

अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा विष्णु पुकार चयन भएका छन्। राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए।

अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरू सर्वसम्मत गर्ने प्रयास भइरहेको एक माओवादी नेताले जानकारी दिए। माओवादी महाधिवेशनका क्रममा आइतबार संशोधित कार्यतालिका निकालिएको छ।@lotpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्सामा चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

१८ पुष २०७८, आईतवार ११:३३
– पर्सा ।शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ। गाउँपालिकाले आइतबार सूचना जारी गरी पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ। यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ […]

सम्बन्धित शीर्षक