एनएमबि लघुवित्तद्धारा सुर्यपुरा मावि रुपन्देहीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

दान खत्री ५ चैत्र २०८२, बिहीबार १८:३१

सुर्खेत। एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको सुर्यपुरा माध्यामिक बिद्यालयमा बिद्यार्थीहरु लाई लक्षित गरि चैत्र ५ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  Gobal Money week 2026 को अबसरमा एनएमबी लघुबित्त वित्तीय सस्था लिमिटेड लुम्बिनि प्रादेशिक कार्यालयले बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा एनएमबि लघुवित्त वित्तीय संस्थाका लुम्बिनि प्रादेशिक प्रमुख श्री अभिषेक गौतमले कर्जाको सदुपयोगीता, बचतको महत्व, आम्दानी खर्चको बजेट निर्माण, डिजिटल बैकिंगको प्रयोग, शेयर कारोवार सम्वन्धी जानकारी लागएतका वित्तीय बिषयहरुमा सहजिकरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा विद्यालयका करिव १ सय जना विद्याथीहरुको सहभागीता रहेको थियो ।

उक्त वित्तिय साक्षरता कार्यक्रममा लुम्बिनि प्रादेशिक कार्यालय अन्तर्गत अनुगमन अधिकृत  श्री बेद प्रसाद बेल्बासे, सुर्यपुरा शाखा प्रबन्धक श्री बिद्रोहि पासवान , कर्मचारी श्री शेख मुस्ताक, श्री नितेस त्रिपाठि तथा विद्यालका प्रधानाध्यापक श्री रामजि आचार्य र शिक्षक तथा कर्मचारीहरुको सहभागाीता रहेको थियो।

विश्व भर मनाइने ग्लोबल मनी विक (Gobal Money week 2026)कार्यक्रमलाई नेपालमा नेपाल राष्ट्र बैंकको समन्वयमा सन् २०१२ देखी हरेक बर्ष मार्च महिनामा बिभिन्न वित्तीय संस्थाहरुले मनाउदै आएका छन् । युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनुका साथै युवाको वित्तीय ज्ञान र सीपलाई व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गरी आर्थिक सम्वृद्धिमा सघाउ पुयाउने कार्यक्रमको उद्देश्य रहेको लुम्बिनि प्रादेशिक कार्यलयका अनुगमन अधिकृत श्री बेद प्रसाद बेल्बासेले कर्णाली अनलाईनलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्लोबल मनि विकको अवसरमा एनएमबी लघुबित्त जहरे शाखाद्धारा बित्तीय सारक्षरता सम्पन्न

५ चैत्र २०८२, बिहीबार १८:३१
सुर्खेत।ग्लोबल मनि विक २०२६ को अवसरमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड जहरे शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका वडा न–९ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जहरेले ग्लोबल मनी विक २०२६ को “स्मार्ट मनि टक्स“भन्ने नारालाई आत्मसात गर्दै वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम […]

सम्बन्धित शीर्षक