नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो, कारोबार रकम साढे चार अर्ब रुपैयाँभन्दा धेरै

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ११:०९

काठमाडौँ।शेयर बजार बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले,  निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् र नेपाल बङ्गलादेश बैंकको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ हजार ४ सय ९८ जनाकाे नमुना परीक्षण गर्दा ३ सय २६ जनामा काेराेना पुष्टि

१९ पुष २०७८, सोमबार ११:०९
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५५ जना […]