एमाले महाधिवेशनः उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक

कर्णाली अनलाइन १३ मंसिर २०७८, सोमबार १०:३७

चितवन।नेकपा एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक भएको छ।आइतबार राती केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम बन्दसत्र हलमा पेश गरेका थिए। निर्वाचनको प्रकृया पुर्‍याउनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहसचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्ण रिमाल निर्विरोध भएका छन् भने अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने भएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै ओलीले उपाध्यक्षमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका थिए। घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिएपछि अब ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै सचिवमा टंक कार्की र भीम आचार्यले पनि उम्मेदवारी दिएका छन्। बन्दसत्रमा ओलीले  योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र लेखराज भट्टको नाम पेश गरेका थिए। अब सचिवका लागि ९ जनाबीच प्रतिस्पर्धा हुनेछ।

एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार उम्मेदवारी फर्ताका लागि समय दिइने र त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ। उनले राति ९ बजेदेखि १२ बजेसम्म मतदान हुने जानकारी दिए।३०१ केन्द्रीय सदस्यका लागि ३३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै पुरुष खुलातर्फ ८४ केन्द्रीय सदस्यका लागि ८५ जनाको मनोनयन परेको छ।रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशन : कति बजेदेखि सुरु हुँदैछ मतदान ?

१३ मंसिर २०७८, सोमबार १०:३७
काठमाडौं। नेकपा एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ। मतदानको कार्यक्रम निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार पुनः पछि धकेलिएको हो। निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको […]