कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

कर्णाली अनलाइन २ असार २०७९, बिहीबार ०७:१०

सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।

जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८ दशमलव ११ प्रतिशत बजेट रहेको छ।संवैधानिक व्यवस्थाअनुसार आज असार १ गते सातै प्रदेशका सरकारहरूले बजेट प्रस्तुत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

२ असार २०७९, बिहीबार ०७:१०
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका  विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायत सम्बन्धित मन्त्रीले जवाफ […]