साहित्यकार बि के पाल्पाली को निधन

कर्णाली अनलाइन १८ फाल्गुन २०७८, बुधबार ०६:१०

काठमाण्डौं । साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।

धेरैजसो हाइकु लेखनमा सक्रिय उहाँ साहित्यसँगै पत्रकारिता पनि गर्नुहुन्थ्यो । उहाँ कानुन व्यवसायी समेत हुनुहुन्थ्यो । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उहाँले मिर्गौलाको उपचार गराउँदै आउनु भएको थियो ।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँकी श्रीमती रेणुका भट्टराई पनि साहित्यकार  हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिजो बेलुकासम्ममा तीन सय तीन जना नेपालीले युक्रेन छाेडे

१८ फाल्गुन २०७८, बुधबार ०६:१०
काठमाण्डौं । युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले […]