हिजो बेलुकासम्ममा तीन सय तीन जना नेपालीले युक्रेन छाेडे

कर्णाली अनलाइन १८ फाल्गुन २०७८, बुधबार ०६:१९

काठमाण्डौं । युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।

रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालकाअनुसार अहिलेसम्म तीन सय तीन जनाले युक्रेन छोडेको आधिकारिक जानकारी मन्त्रालयमा आएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइनसकेको उहाँले बताउनुभयो ।

युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्ड भएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् भने ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका प्रवक्ता लम्सालले बताउनुभयो । युक्रेनमा रहेका केही नेपाली अझै बाहिरिने पर्खाइमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको भाउ एकै दिन १९ सय रुपैयाँले बढ्यो

१८ फाल्गुन २०७८, बुधबार ०६:१९
काठमाण्डौं । सुनको भाउ एकै दिन १९ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ […]