ग्रिसमा गाडी दुर्घटना : मृतक चारैजना नेपालीको सनाखत

कर्णाली अनलाइन ७ पुष २०७८, बुधबार ०८:४०

बार्सिलोना। मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।

मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी थियो ।

ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल० मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले अनलाइनखबरसँग भने, ‘कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको छ । अब शवलाई नेपाल पठाउने प्रक्रिया हामीले सुरु गरिसकेका छौं ।’

दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रिसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य ४ जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपाली सहित आठ जना घाइते भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा श्रीमानद्धारा श्रीमतीको हत्या

७ पुष २०७८, बुधबार ०८:४०
सुर्खेत।सुर्खेतकाे गुर्भाकोटमा एक पुरुषले परपुरुषसँग लागेको आरोप लगाउँदै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकानुसार गुर्भाकोट नगरपालिका–१३ भक्तपुरका ७१ वर्षीय भीमबहादुर परियारले श्रीमतीको हत्या गरेका हुन् । उनले ६९ वर्षीय गौमाया परिवारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । प्रहरीको प्रारम्भिक […]