युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने रणनीतिमा रुस : जेलेन्स्की

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार ०३:२०

एजेन्सी।युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने प्रयासमा रुस रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चेतावनी दिएका छन्।राष्ट्रपति जेलेन्स्कीले शनिबार अबेर राति गरेको भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसी सैनिकको उद्देश्य के हो? उनीहरु डोन्बास (पूर्वी क्षेत्र) र युक्रेनको दक्षिणी क्षेत्र कब्जा गर्न चाहन्छन्।’

‘हाम्रो लक्ष्य के हो? हाम्रो रक्षा गर्नु, हाम्रो स्वतन्त्रताको रक्षा गर्नु, हाम्रो भूमिको रक्षा गर्नु र हाम्रा नागरिकको रक्षा गर्नु’, उनले भनेका छन्।केही दिनअघि रुसले आफ्नो ध्यान पूर्वी युक्रेनमा रहेको बताएको थियो।जेलेन्स्कीले सम्बोधनको क्रममा युक्रेनी सैनिकको रक्षात्मक क्षमताको प्रशंसासमेत गरेका छन्।

मारिपोल सहर घेराबन्दीमा रहेर पनि युक्रेनी सुरक्षाकर्मीले रक्षात्मक प्रतिक्रिया दिइरहेको उनले उल्लेख गरेका छन्। रुसले गरेको लगातारको गोलाबारीका कारण मारिपोल सहर लगभग पूर्ण रुपमा ध्वस्त भएको छ।

मारिपोल सहरमा युक्रेनी सुरक्षाकर्मीले प्रदर्शन गरेको रक्षात्मक क्षमताले राजधानी किएभसहितका अरु सहरलाई मनोबलसमेत प्रदान गरेको छ। त्यसले रुसी आक्रमणकारीलाई कमजोर बनाउन सहयोग गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।

यसैबीच रुसले युक्रेनको दक्षिण–पूर्वी क्षेत्रमा हवाई आक्रमण बढाएको बेलायतको रक्षा मन्त्रालयले उल्लेख गरेको छ।बेलायती रक्षा मन्त्रालयले आफ्नो पछिल्लो गुप्तचर सूचनाका आधारमा रुसले आक्रामक गतिविधि दक्षिण पूर्वी युक्रेनमा केन्द्रित गरेको देखिएको जनाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुटिन–जेलेन्स्की सिधा वार्ताको सम्भावना बढ्यो – युक्रेनी प्रमुख वार्ताकार

२० चैत्र २०७८, आईतवार ०३:२०
एजेन्सी।युक्रेन र रुसका राष्ट्रपतिबीच सिधा वार्ताको सम्भावना बढेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्।जारी वार्ताले दुई देशका राष्ट्रपतिबीचको वार्ताका लागि आवश्यक तयारी पूरा गरेको युक्रेनका प्रमुख वार्ताकार डेभिड अर्काखामियाले शनिबार बताएका हुन्। शुक्रबार युक्रेन र रुसका वार्ता टोलीबीच भिडियो लिंकमार्फत भएको छलफलले दुई देशका राष्ट्रपतिबीचको वार्ताका लागि तयारी गरेको उनले बताएका […]