पुटिन–जेलेन्स्की सिधा वार्ताको सम्भावना बढ्यो – युक्रेनी प्रमुख वार्ताकार

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार ०३:२४

एजेन्सी।युक्रेन र रुसका राष्ट्रपतिबीच सिधा वार्ताको सम्भावना बढेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्।जारी वार्ताले दुई देशका राष्ट्रपतिबीचको वार्ताका लागि आवश्यक तयारी पूरा गरेको युक्रेनका प्रमुख वार्ताकार डेभिड अर्काखामियाले शनिबार बताएका हुन्।

शुक्रबार युक्रेन र रुसका वार्ता टोलीबीच भिडियो लिंकमार्फत भएको छलफलले दुई देशका राष्ट्रपतिबीचको वार्ताका लागि तयारी गरेको उनले बताएका हुन्। रुसले क्राइमियाबाहेक युक्रेनले गरेको प्रस्ताव स्वीकार गरेको बताइएको छ। क्राइमिया रुसले सन् २०१४ मा युक्रेनबाट टुक्राएको थियो।

वार्ता टोलीले तयार गरेको ड्राफ्टमाथि दुई देशका राष्ट्रपतिले सीधा वार्तामा छलफल गर्न सक्ने युक्रेनी वार्ताकार अर्काखामियाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ड्राफ्ट तयार भए पनि विवादका विभिन्न विषयमा छलफल भइरहेको छ।

रुसले सम्भावित पुटिन–जेलेन्स्की वार्ताका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन। रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेदिन्स्कीले शुक्रबारको वार्तापछि क्राइमिया र डोन्बास क्षेत्रलाई लिएर रुसको अडान परिवर्तन नभएको बताएका थिए।

रुसले क्राइमियालाई रुसी क्षेत्रका रुपमा स्वीकार गर्न युक्रेनमाथि दबाब दिएको छ। यस्तै डोन्बास क्षेत्रलाई औपचारिक रुपमा स्वतन्त्र स्वीकार गर्नुपर्ने माग रुसको छ। सो क्षेत्रमा रुसको साथ पाएका विद्रोही समूहको कब्जा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

२० चैत्र २०७८, आईतवार ०३:२४
जुम्ला।जिल्लाको सिँजा गाउँपालिका–३ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरबाट खसेर जुम्लाको चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो । उनको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराति ९ बजे मृत्यु भएको प्रहरीले […]