सल्यानमा युवकमाथि धारिलो हतियार प्रहार

कर्णाली अनलाइन २५ जेष्ठ २०७९, बुधबार ११:०५

सल्यान। सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ।जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो।

धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रूपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय प्रशान्त (थर नखुलेको), शारदा नगरपालिका–१ पटनेरीका १८ वर्षीय विवश हमाल र सुर्खेत गुर्भाकोट नगरपालिका–९ का १९ वर्षीय सागर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

हतियार प्रहार गर्ने चारैजना फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
घाइते केसीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिशुकाे हत्या गरेकाे आराेपमा आमा पक्राउ

२५ जेष्ठ २०७९, बुधबार ११:०५
दाङ।दाङमा छोरी (१६ दिने शिशु) को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आराेपमा प्रहरीले राप्ती गाउँपालिका ३ मसुरीयाकी १४ वर्षीया आमालाई पक्राउ गरेकाे हाे । छोरी रोएपछि स्तनपान गराएकाे तर रुने क्रम नरोकिएपछि छाेरीलाई सेफ्टी ट्याङ्कीमा फालेको आमाले बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको […]