राप्रपा एकता महाधिवेशन नेतृत्व चयनका लागि मतदान सुरु

कर्णाली अनलाइन १८ मंसिर २०७८, शनिबार ०९:२९

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि मतदान ढिला गरि सुरु भएको हो। निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेद्‌वारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए।

राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन्। चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेद्‌वारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेद्‌वारी परेको छ। सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेद्‌वारी परेको उनले बताए। अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी हुन् क्यानले सिफारिस गरेका ५ प्रशिक्षक

१८ मंसिर २०७८, शनिबार ०९:२९
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पाँच जनाको सूची तयार गरेको छ। डेव ह्वाटमोरको राजीनामापछि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रिक्त छ। यही कारण क्यानले मुख्य प्रशिक्षकमा पुबुदु दासानायके, मोन्टी देसाई, असान्था गुरुसिंघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेजको नाम समावेश गर्दै सूची तयार गरेको हो। […]