कोभिडबारे गृहमन्त्रीद्वारा चासो,१२ जिल्लाका प्रहरी प्रमुखसँग शान्ति सुरक्षा सम्वन्धी टेलिफोन वार्ता

कर्णाली अनलाइन १७ माघ २०७८, सोमबार ०७:५८

काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्।

गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन्।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता, शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिएकाे बताए। ‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड–१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’, उपरीक्षक काफ्लेले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीपी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

१७ माघ २०७८, सोमबार ०७:५८
विराटनगर।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मधेस प्रदेशको सप्तरी जिल्ला हनुमाननगर कंकालिनी ८ की ७६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। डा. पोखरेलले श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जानकारी दिए। आइतबार […]