विराटनगर।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मधेस प्रदेशको सप्तरी जिल्ला हनुमाननगर कंकालिनी ८ की ७६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। डा. पोखरेलले श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जानकारी दिए।
आइतबार आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।उनको उपचारका क्रममा आइतबार राति साढे १० बजे मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए।
प्रतिष्ठानमा हालसम्म ४३४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा ७ सय ६२ महिला र १ हजार ४ सय ६५ पुरुष गरी कुल २ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।