ट्रयाक खोलेको दश बर्षपछि धुलियाविट-भेडावारी सडक कालोपत्र गर्न सम्झाैता

कर्णाली अनलाइन ४ पुष २०७८, आईतवार ०५:३६
 फाइल फोटो
फाइल फोटो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अलपत्र रहेको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट भेडाबारी सडक खण्डको स्तरोन्नति कार्य ट्रयाक खोलेको दश बर्षपछि पुरा हुने भएको छ । लामो समय पश्चात यो सडक बन्द र अलपत्र समेत परेको थियो । गौरवशाली योजना अलपत्र पर्दा सास्ती खेप्न बाध्य भएका लेकवेशी, वीरेन्द्रनगर र गुर्भाकोटका जनता भने अहिले निकै खुसि भएका छन् ।

उक्त राजमार्ग सडक कालिका (केएस) बेदान्सी जेभीले कालोपत्रे गर्ने जिम्मा पाएको छ । ट्रयाक खुलेको झन्डै ४२ वर्षपछि मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको (धुलियाविट भेडाबारी) सडक स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको हो । वैशाखमा १ अर्ब ५१ करोड रुपैयाँमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । राजमार्ग आयोजना निर्देशनालयले सडक स्तरोन्नतिका लागि कालिका (केएस) जेभीले कालोपत्र १ अर्ब ३ करोड रुपैयाँमा सम्झौता गरेको हो ।

३५ किलोमिटर लामो (धुलियाबिट भेडाबारी) खण्ड करिब ४ मिटर मात्रै चौडाई छ । ९ मिटर रहने गरी सडक स्तरोन्नति गर्दा ७ मिटर चौडाई बराबर कालोपत्र गरिने भएको छ  । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिका (११ र १३, लेकबेंसी नगरपालिका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिका( १०, ११, १२, १३ र १४ वासी प्रत्यक्ष प्रभावित हुनेछन् । कच्ची सडकका कारण नै उक्त सडक खण्डमा पटक पटक सवारी दुर्घटना भएका छन् । स्तरोन्नति नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्दै

४ पुष २०७८, आईतवार ०५:३६
सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ। समसामयिक विषयमा छलफल गर्न आज प्रदेश कमिटीको बैठक बोलाइएको एमाले नेता गुलावजंग शाहले जानकारी दिए। हिजो कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्य रहेको केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको शाहले जानकारी […]